सर्वोच्च अदालतको संवैधानिक इजालासले गरेको फैसलासँगै रवि लामिछाने नेपाली नागरिकता विहिन बनेपछि उप-प्रधानमन्त्री तथा गृहमन्त्री , प्रतिनिधि सभा सदस्य र रास्वपाको सभापति पद खारेज भयो , यससँगै गत मंगलबार दिउसो काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि सडकमा आत्मदाहको प्रयासका कारण निधन भएका इलामको सूर्योदय नगरपालिका-११, केराबारीका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले उठाएका सवालमा नि:बर्तमान गृह मन्त्री लामिछानेको अग्रसरतामा गृह मन्त्रालयका सह-सचिव नारायणप्रसाद रिसालको नेतृत्वमा बनेको ६ सदस्यीय छानविन समितिको भविष्य अन्यौल बनेको र यसले निष्पक्ष बनेर कार्य गर्ने बारेमा अन्यौल देखिएको कतिपय जानकारहरुले आशंका व्यक्त गरेका छन् । ।
शरीरको ८० प्रतिशत भाग जलेका कारण उपचारका क्रममा कीर्तिपुरको वर्न अस्पतालमा निधन भएका दिवंगत आचार्यले आत्मदाहको प्रयास गर्नु अघि विभिन्न विषय आफ्नो फेसबुकमा पोष्ट गरेका थिए । उनका श्रीमती र २ छोरी छन् ।
उनले उठाएका सवालसँग जोडिएका व्यक्ति र संस्था विरुद्ध आत्मदाह दुरुत्साहन मुद्धा दर्ता गरेको जनाइएको छ । दिवंगत आचार्यका परिवारले प्रधानमन्त्री र गृह मन्त्रीलाई मागपत्र बुझाउदै आत्मदाहका कारण निधन भएका आचार्यलाई कृषि शहीद घोषणा गर्न माग गरेका छन् ।
आचार्यको पार्थिव शरीर आज अन्तेष्टि
आत्मदाहको प्रयासबाट निधन भएका प्रेमप्रसाद आचार्यको पार्थिव शरीर आज विहान पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने बताइएको छ । हिजो दिउसो ३:०० बजे नै उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तेष्टि हुने हल्ला भएपछि कतिपय मानिसहरु पशुपति आर्यघाट पुगेर फर्किएका थिए ।





