आज काठमाडौंको चावहिलस्थित ॐ हस्पिटलमा ७४ वर्षको उमेरमा निधन भएका राप्रपाका बरिष्ठ नेता समेत रहेका सांसद दीपक बोहोराको निधनप्रति आज बसेको प्रतिनिधि सभाको बैठकमा शोक प्रस्ताव पारित गरी उहाँको सम्मानमा एक मिनेट मौनधारण गरिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा पेश गरेको सो शोक प्रस्ताव सर्वसम्मतीबाट पारित भएको थियो । दिवंगत बोहोरा रुपन्देही क्षेत्र नं.३ बाट राप्रपाको तर्फबाट निर्वाचित सांसद हुुनुहुन्थ्यो ।
राष्ट्रिय पञ्चायतको सदस्य हुँदै पटक पटक सांसद बनेका दिवंगत बोहोरा आठ पटक मन्त्री बन्नुभएको थियो ।
२०७७ सालमा पोष्ट कोभिड भएपछि स्वास्थ्य समस्या झेल्दै आएका दिवंगत बोहोरा केही समय अघि आफ्नी छोरीको निधनले शोकाकुल बन्नुभएको थियो । त्यसयता उहाँको स्वास्थ्य थप बिग्रिएको कतिपय जानकार बताउछन् ।
सांसद बोहोराको पार्थिव शरीर भैरहवामा
दिवंगत सांसद बोहोराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसो हेलिकप्टरबाट लगी भैरवास्थित राप्रपाको जिल्ला पार्टी कार्यालयमा राख्नृे र त्यसपछि पुन: उहाँको पार्थिव अन्तिम श्रद्धाञ्जलीको लागि भोलि काठमाडौंको धुम्बााराहीस्थित राप्रपाको केन्द्रीय कार्यालयमा राख्ने र त्यसपछि भोलि अपरान्ह पशुपति आर्यघाटमा अन्तृष्टि गरिने बताइएको छ ।





