स्थानीय तह उप-निर्वाचनका उम्मेद्वारले मंसिर १३ गतेसम्म चुनाव प्रचार गर्न पाउने

यही मंसिर १६ गते पद रिक्त रहेका ४१ स्थानमा हुन लागेको स्थानीय तहको उप-निर्वाचनमा खडा भएका ३७६ जना उम्मेद्वारले यही मंसिर १३ गते राती १२:०० बजेसम्म निर्वाचन आचार संहिता पालना गरी चुुनाव प्रचार गर्न पाउने निर्वाचन आयोग, नेपालले जनाएको छ । २ वटा जिल्ला समन्वय समितिका प्रमुख , एउटा नगरपालिकाको प्रमुख , २ वटा गाउँपालिकाको अध्यक्ष , एउटा नगरपालिकाको उप-प्रमुख, ४ वटा गाउँपालिकाको उपाध्यक्ष र ३४ वटा वडाका वडाध्यक्ष गरी रिक्त ४४ स्थानमा राजनीतिक दलहरुका २८९ जना र स्वतन्त्र १२१ जना गरी ४१० जनामध्ये ३१ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि ४४ स्थानमध्ये नेपाली कांग्रेसका जिल्ला समन्वय समिति, ओखलढुंगाका प्रमुख पदका उम्मेद्वार टेकराज भट्टराई र जिल्ला समन्वय समिति, कैलालीका प्रमुख पदका उम्मेद्वार टीकाकुमारी चौधरी (भुल) तथा रुकुम (पूर्वी भाग)को पृथा उत्तरगंगा गाउँपालिका वडा नं.२ का वडाध्यक्ष पदका नेकपा (माके)का अध्यक्ष पदका उम्मेद्वार जगत घर्ती निर्विर‍ोध निर्वाचित भएपछि बाँकी ४१ स्थानमा निर्वाचन हुने मुख्य निर्वाचन आयोग, नेपालले जनाएको छ । निर्विरोध निर्वाचित भएका ३ जना उम्मेद्वारमध्ये जिल्ला समन्वय समिति, ओखलढुंगाक‍ो प्रमुख पदमा नेपाली कांग्रेसका टेकराज भट्टराईको मात्र उम्मेद्वारी परेको थियो ।

यो उप-निर्वाचनमा नगरपालिका र गाउँपालिकामा प्रमुख/अध्यक्ष र उप-प्रमुख/उपाध्यक्ष पदमा बहाल रहेको भन्दा फरक लिङ्गक‍ो व्यक्तिले त्यहाँको रिक्त प्रमुख/अध्यक्ष र उप-प्रमुख/उपाध्यक्ष पदमा उम्मेद्वार बन्न सक्ने निर्वाचन आयोग, नेपालको निर्देशनपछि सोही अनुरुप उम्मेद्वारी मनोनयन भएको छ । निर्वाचन आय‍ोग, नेपालबाट चुनाव चिन्ह पाएपछि उम्मेद्वारहरु र तिनीहरुका समर्थक तथा शुभचिन्कहरु मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *