हालका दिनमा आन्तरिक व्यवस्थापन स्वरुप: राहादानी वितरणमा कटौती भएसँगै राहादानी बनाउन राहादानी विभागमा आउने सेवाग्राहीहरुलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्न खोज्ने प्रवृत्ति देखा परेको र हालसम्म ठगीमा सम्लग्न शंकास्पद १५ जनालाई नियन्त्रमा लिई अनुन्धान गरि आवश्यक कारबाहीको लागि नेपाल प्रहरीमा बुझाएको राहादानी विभागले जनाएको छ । गत महिनाबाट राहादानी छपाई बन्द भएसँगै राहादानी बनाउन खोज्नेहरु समस्यामा परेका छन् । एक महिना अघि झापाको दमकस्थित इलाका प्रशासन कार्यालयमा रु.५,००० दस्तुर बुझाएर राहादानी पाउने प्रतिक्षामा बसेकी झापाको दमककी एक युवतीले आफूले सो कार्यालयका कर्मचारीले एक महिनापछि राहादानी लिन सम्पर्क गर्नु भनेकोलै उनीहरुले भनेको समयमा राहादानीका लागि त्यहाँ सम्पर्क गर्दा उनीहरुबाट अहिले पासपोर्ट दिन सकिने अवस्था भएन ,अब आउने बैशाखसम्म पासपोर्टका लागि पर्खिनु पर्ने भो भन्ने जवाफ पाएको गुनासो गरिन् । यता राहादानी विभागले भने १-२ हप्तामै सेवा सरल हुने जनाएको छ ।






