लोकेश्वर साकोसको सोह्रौँ बार्षिक साधारणसभा सम्पन्न


भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सोह्रौँ बार्षिक साधारण सभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा यही कार्तिक ४ गते शनिबार सम्पन्न भयो । प्रमुख अतिथि प्रजापतिले सो संस्थाका बाल सदस्यहरुको सुमधुर बासुरी धुनका साथ पानसमा दीप प्रज्वलित गरी साधारण सभाको उद्घाटन गर्नुभयो । त्यसअवरसमा प्रमुख अतिथि प्रजापतिले

उद्घाटन मन्तब्य व्यक्त गर्दै सरकार चलाउने ठुला दलहरुको लोभीपापी मनस्थितिले देश झनझन परनिर्भर हुदै गएको , एमसीसी (MCC) जस्तो घातक सम्झौताहरु गर्दै गएको र केही लाखको सानो भन्दा सानो वैदेशिक आर्थिक सहयोग समेत संघीय सरकारले लिने अवस्थाको सिर्जनाले देश कमजोर बन्दै गएको बताउनुभयो । उहाँले सहकारीले अध्ययन भ्रमणका अलावा पठन संस्कृतिको विकास गर्नमा टेवा पु-याउनु पर्ने, युवा पुस्तालाई जीवनउपयोगी शीपमूलक तालिमहरु दिई नगर र देशलाई आत्मनिर्भर गर्दै लानुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरबासीको सहयोग तथा श्रमदान र योगदानबाट नै भक्तपुर आदर्श र उत्कृष्ट नगरको रुपमा अगाडि बढ्दै गएको बताउदै उहाँले सरकारको भेदभावपूर्ण व्यवहारले जनताहरु संघर्षशील र सजग भई रहनुपर्ने औंल्याउनुभयो । जनताको सहयोगबाट अगाडि बढिरहेको ख्वप अस्पतालबाट निःशुल्क रुपमा अक्सिजन र रगत प्रदान गर्दै आएकोले थप सेवा तथा सुविधाको लागि सहकारीहरुबाट सहयोग हुने अपेक्ष व्यक्त गर्नुभयो ।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै साविक भक्तपुर नगरपालिका वडा नं.१५ का पूर्व अध्यक्ष रविन्द्र खर्बुजाले सरकारको गलत नीतिका कारण जनताहरु विदेशी भुमिमा ज्यानको बाजी मारेर श्रम गर्न बाध्य रहेको बताउनुभयो । उहाँले नेपालको शैक्षिक स्तरमा ह्रास आउनुको मुख्य कारण भागबण्डाको राजनीति र विद्यार्थीहरुलाई विदेशमा अध्ययन गराउन पठाउने परिपाटीले देश अधोगतितर्फ जाने चिन्ता व्यक्त गर्नुभयो ।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर नगरपालिकाका वडा नं.२ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले सहकारीहरु सहकारीको मूल्य र मान्यतामा सञ्चालन हुनु पर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले लागु गरेको देको मिवा इतापाके आवास योजनाले जनताको माग र भावनालाई सम्बोधन गरेको जानकारी दिनुभयो । उहाँले भक्तपुर नगरपालिकाले नगर तथा वडामा गरेका विकास निर्माणबारे चर्चा गर्नुभयो । साधारण सभा शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाका संस्थापक अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले भक्तपुरमा सहकारी क्षेत्रको सुधारका लागि भक्तपुर नगरपालिकबाट नियमित रुपमा सहकारीको अनुगमन गर्दै आएको विचार व्यक्त गर्नुभयो ।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कोषाध्यक्ष कान्छाभक्त घजुले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी क्षेत्रमा देखिएका समस्याहरुबारे सहकारी संस्थाहरुलाई सजग गर्दै लगेको बताउनुभयो ।

उक्त संस्थाका अध्यक्ष राजन जतिको अध्यक्षतामा भएको साधारण सभामा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.का उपााध्यक्ष विष्णुराम दुमरु र इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि. का सचिव कृष्ण सुन्दर पक्काले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नु भयो ।

त्यसै संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवाल, सचिव राजु छुकां र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको साधारण सभामा सोही संस्थाका उपाध्यक्ष प्रनेश बाटी र सदस्य कमलश्वरी खर्बुजाले आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

सोही अवसरमा संस्थाका जेष्ठ सदस्यहरु, माध्यामिक तह उत्तीर्ण विद्यार्थीहरु, असल बचतकर्ता, असल ऋणी तथा असल बाल सदस्यहरुलाई सम्मान गरियो भने संस्थाबाट आयोजित विभिन्न तालिमहरुका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

साधारण सभाको बीचबीचमा सास्कृतिक प्रस्तुतीहरु भएको थियो । त्यस संस्थाका कुल सदस्यहरु मध्ये ८३.२६ प्रतिशत सदस्यहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *