शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को आ.व.२०८२/०८३ को अर्ध-वार्षिक समीक्षा गोष्ठि २०८२ माघ १७ गते शनिबार सम्पन्न भयो । सूर्यविनायकस्थित सोही संस्थाको मुख्य कार्यालय भवनमा सम्पन्न सो गोष्ठिमा उक्त संस्थाको आयोजनामा सम्पन्न भएका र गर्न बाँकी कार्यक्रमहरु, आर्थिक प्रतिवेदन लगायत संस्थाको पूँजी पर्याप्ताबारेमा जानकारीमुलक प्रस्तुती गरिएको थियो । त्यसै संस्थाका अध्यक्ष रामप्रसाद कासुला लगायतले त्यस संंस्थाको गतिविधि , वित्तीय अवस्था र प्रगतिबारेमा समीक्षा सहित आफ्नो विचार व्यक्त गर्नुभएको थियो । गोष्ठिमा सो संस्थाको अर्ध-वार्षिक बुलेटिन विमोचन गरिएको थियो ।
भक्तपुरको सूर्यविनायकमा आफ्नै भवनबाट मुख्य कार्यालय तथा भक्तपुरकै नासमनामा आफ्नै भवनमा र व्यासीमा सेवाकेन्द्र सञ्चालन गरि आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको यो संस्थाको सहकारी अभियान र त्यसमा पनि विशेषगरी भक्तपुरको सहकारी अभियानमा अलग्गै परिचय रहेको जानकारहरु बताउछन् । समय समयमा वित्तीय साक्षरता, सहकारी शिक्षा तथा तालिम सञ्चालन गर्दै आएको उक्त संस्थाले वित्तीय सेवासँगै सरसफाई, स्वास्थ्य शिविर लगायतका सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।






