सर्वोच्च अदालतका नवनियुक्त न्यायधीशत्रय मेघराज पोखरेल , श्रीकान्त पौडेल र शान्ति सिंह थापाले आज प्रधानन्यायधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनियताको सपथ लिएका छन् । सो अवसरमा सर्वोच्च अदालतका वरिष्टतम न्यायधीश लगायतको उपस्थिति रहेक थियो ।
न्यायपरिषदले सर्वोच्च अदालतको रिक्त रहेको न्यायधीश पदका लागि सिफारिस गरेका पोखरेल, पौडेल र थापाको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेर राष्ट्रपति कार्यालयमा पठाएपछि उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सर्वोच्च अदालतको न्यायधीश पदमा नियुक्त गर्नुभएको बताइएको थियो ।





