सत्ता गठबन्धनकी साझा उम्मेद्वार रहेकी नेकपा (माके)की सांसद उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष चयन हुने निश्चित भएको छ । भोलि हुने राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनका लागि आजका लागि निर्धारण भएको समय सीमा भित्र सांसद अर्यालको मात्रै उम्मेद्वारी परेपछि उहाँ राष्ट्रिय सभाको निर्विरोध चयन हुनुभएको छ तर उहाँ राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको औपचारिक घोषणा भने भोलि बस्ने राष्ट्रिय सभाको बैठकबाट हुने जनाइएको छ । राष्ट्रिय सभाका सदस्य समेत रहेका उप-प्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रस्तावक तथा राष्ट्रिय सभाका सदस्यद्वय खिमलाल देवकोटा र देवेन्द्र दाहाल समर्थक रहेर सांसद अर्यालको राष्ट्रिय सभाको उपाध्यक्ष पदको उम्मेद्वारी मनोनयन दर्ता भएको संघीय संसद सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेस सहितका विपक्षी गठबन्धनमा रहेका दलहरुले राष्ट्रिय सभाको उम्मेद्वारी दिएनन् ।





