४७औं पुष्पलाल स्मृति दिवस : नेकपा र पुष्पलाल विचार प्रवर्धन केन्द्रले गरे बृक्षार‍ोपण र बक्तृत्वकला

४७औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र पुष्पलाल विचार प्रवर्धन केन्द्रले संयुक्त रुपमा बुधबार काठमाडौंको कीर्तिपुरमा बृक्षार‍‍ोपण गरेका छन् । जलन अस्पताल परिसरमा कागती सहितका फलफुल लगायतका विभिन्न जातका बिरुवा रोपेको पुष्पलाल विचार प्रवर्धध केन्द्रका अध्यक्ष खेमनारायण ढुंगानाले बताउनुभय‍ो । त्यहाँ बृक्षा‍र‍‍ोपण गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले २०३५ साल श्रावण ७ गते निधन भएका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका दिन रोपिएका बिरुवा ज‍ोगाएर हुर्काउनु आवश्यक रहेको बताउनुभय‍ो ।

यसैगरी बुधबार नै नेपाल कम्युनिष्ट पार्टी र पुष्पलाल विचार प्रवर्धन केन्द्रक‍ो संयुक्त आय‍ोजनामा कीर्तिपुर नगरपालिका-२,मैत्रीनगरस्थित नेपाल कम्युनिष्ट पार्टीक‍ो केन्द्रीय कार्यालयमा बक्तृत्वकला कार्यक्रम समपन्न भयो । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी र पुष्पलाल विचार प्रवर्धन केन्द्रका नेता कार्यकर्ताहरुले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बहुआयािक व्यक्तितवको बारेमा चर्चा गर्दै पुष्पलालले अगाडि सारेका विचार र सिद्धानतको जगमा टेकेर उत्पीडित वर्ग र समुदायक‍ो मुक्तिको निम्ति वर्ग संघर्ष अगाडि बढाउनु पर्ने खाँचो औंल्याउनुभयो ।

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टी र पुष्पलाल विचार प्रवर्धन केन्द्रले क.पुष्पलालले अगाडि सारेका विचार र सिद्धान्तको प्रवर्धनक‍ो काम गरिरहेको बताउनुभयो । उहाँले ३ ‘स’को सिद्धान्त अगाडि सारेर नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन अगाडि बढाएका पुष्पलाल जी कम्युनिष्ट आन्द‍ोलनभित्रको तत्कालीन चौम र माले सहित प्रतिक्रियाावादीहरुको घेराबन्दीमा परेको तर त्यसकाट बिचलित नभई क.पुष्पलाल सतिसाल बनेर उभिएको बताउदै ‘क. पुष्पलालको विरोध गर्नेहरु र पुष्पलालको नामबाट खाईजीविका चलाउनेहरु नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन विरोधी तत्व हुन् ‘, भन्नुभयो । हिजो पुष्पलाल जीको विरोध गर्नेहरुलाई पनि यतिबेला पुष्पलाल आवश्यक परेको छ , यसले पुष्पलाल जी कै विचारको वरिपरि नेपालको कम्युनिष्ट आन्द‍ोलन रहेको भन्दै क.पुष्पलालको फोटो बोकेर पुष्पलाल जीलाई बदनाम गर्न भइरहेका कार्यको भण्डाफोर गर्नेु पर्ने बताउनुभय‍ो । उहाँले एमसीसी (MCC) सहितका असमान सन्धि सम्झौताको खारेजीको लागि राष्ट्रिय स्वाधिनता र अग्रगमनको निम्ति जन-संघर्घ अगाडि बढाउनुपर्छ भन्नुभयो ।

उक्त कार्यक्रमलाई सम्बोभन गर्दै सोही पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारीले प्रतिक्रियावादीहरु क.पुष्पलालसँग मात्र नभई उहाँको खरानीसँग पनि डराएको दृष्टान्त प्रस्तुत गर्नुभएक‍ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *