अग्रज महिला साकोसको कूल कारोबार रु.१२,५०,०५,९६४.९०

चाँगुनारायण नगरपालिका -४, पिखेलमा केन्द्रीय कार्यालय रहेको अग्रज महिला बचत तथा ऋण सहकारी संस्था लि.को यही मंसिर १४ गतेसम्म कूल कारोवार रु.१२,५०,०५,९६४.९०, शेयर सदस्य संख्या २,२५०, वाल सदस्य ६३९ रहेको जनाइएको छ । चाँगुनारायण नगरपालिका वडा नं.३,४,५,७ र ८ मा आफ्नो कार्यक्षेत्र रहेको सो संस्थाले केन्द्रीय कार्यालयका अतिरिक्त २ वटा सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा रक्तदान कार्यक्रम , सरसफाई , स्वास्थ्य शिवीर लगायतका रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

यही मंसिर १५ गते उक्त संस्थाले आफ्नो १४औं स्थापना दिवस मनायो । यो संस्थाको १४औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सोही संस्थाकी अध्यक्ष सन्तोषी खतिवडा कार्कीले सो संस्थालाई अझ वित्तीय रुपमा पूर्ण सक्षम बनाउदै सदस्यहरुको सेवालाई अगृणी स्थानमा राखी अगाडि बढ्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *