राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले अन्तर्राष्ट्रिय सहकारी वर्ष, २०२५ भव्य रुपमा मनाउन सहकारी संघ/संस्थाहरु, अचियन्ता र सरोकारवालाहरुलाई अपील गरेको छ । “सहकारीले राम्रो संसारको निर्माण गर्ने छ ।” भन्ने थीमका साथ सन् २०२५ लाई अन्तराष्ट्रिय सहकारी वर्षको रुपमा विशेष बनाउने योजना रहेको बताइएको छ ।


यता यही पुस १४ गते आइतबार नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सहकारी सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशका केही बुँदा सच्याउन अनुरोध गर्दै नेफ्स्कूनले छुट्टै साकोस ऐन बनाउन माग गरेको छ ।







