भक्तपुर साकोसले रासायनिक मल वितरण गर्दै

भक्तपुर नगरपालिका -९, च्यामासिंहमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले यही जेठ २९ गतेदेखि प्रति के.जी. २२ रुपैयाका दरले आफ्ना सदस्यहरुलाई रासायनिक मल वितरण गरिरहेको जनाएको छ । आउदो असार ३ गतेसम्म १० के.जी.का दरले २१४ जना सदस्यलाई सो मल वितरण गर्ने बताइएको छ । सो संस्थाले विगतका वर्षदेखि नै रासायनिक मल सुपथ मुल्यमा आफ्ना सदस्यहरुलाई वितरण गर्दै आएको छ ।

स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहको यो संस्था भक्तपुरमा सञ्चालन भएका स्थानीय समुदायमा आधारत सहकारी संस्थाहरुमध्ये सबै भन्दा बढी कारोबार गर्ने संस्थाको रुपमा परिचित छ । उक्त संस्थामा पर्याप्त मात्रामा तरलता रहेको सो संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *