भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१, लोहकिल्थलीमा रहेको लोहकिल्थली माता बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आउदो असार २ गते शनिबार नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान हुने भएको छ । सोही संस्थाको प्राङ्गडमा हुने उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हुन लागेको आयोजकको भनाइ छ ।
यता स्थानीय समुदायमा आधारित सो संस्थामा तरलता पर्याप्त रहेको त्यसै संस्थाका व्यवस्थापक करन द्वारेले अलगपथलाई जानकारी दिनुभयो ।