ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन

ब्रिटेनकी महारानी एलिजिबेथ द्वितीयआको आज केही समय अगाडि ९६ वर्षको उमेरमा निधन भएको छ । ७० वर्षसम्म ब्रिटेनको राष्ट्र प्रमुख बनेकी महारानी एलिजाबेथ द्वितीयाले दुई दिन अगाडि पद बहाली गरेकी लिज ट्रस सहित १५ जना ब्रिटेनका प्रधानमन्त्रीलाई पद बहाली गराउनु भएको थियो । उहाँको निधनमा बिभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख लगायतले शोक व्यक्त गर्ने चलिरहेको बताइएको छ । महारानी एलिजाबेथ द्वितीयाको निधन भएसँगै अब उहाँका छोरा युवराज चाल्स ब्रिटेनको राजगद्दी सम्हानु हुने जानकारहरुको भनाइ छ ।

स्कटल्याण्डस्थित उहाँको निवास युवराज चाल्स सहित उहाँका परिवारका सदस्यहरु भेला भएको थाहा पाएपछि

आज दिनभर उहाँको स्वास्थ्य अवस्थाको बारेमा धेरैले चासो व्यक्त गरेका सञ्चार माध्यमहरुले जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *