सामाजिक अभियान्ता अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनकै गर्भबाट उदाएको आम आदमी पार्टी भारतको राजनीतिमा बिस्तारै प्रभावशाली बन्दै गएको कतिपय जानकारहरु बताउछन् । शुरुमा दिल्ली विधान सभामा बर्चस्व कायम गरेको अरविन्द केजरीवाल नेतृत्वको सो पार्टीको संगठन बिस्तार हुदै जादा यतिबेला दिल्ली विधान सभासँगै पञ्जाव विधान सभामा पनि बर्चश्व कायम गरी आफ्नो बलियो सरकार बनाएको छ । यससँगै अन्य प्रान्तमा पनि फैलिदै गएको सो पार्टीको ४० सदस्यीय गोवा विधान सभामा २ सदस्य कार्यरत छन् । यता यसै हप्ता सम्पन्न भारतका गुजरात र हिमाञ्चल विधान सभामा पनि सो पार्टीका उम्मेद्वार विजयी भएका छन् । गुजरातमा विगतका चुनावमा भन्दा बढी सिट जितेर भारतीय जनता पार्टीले पुन: बर्चश्व कायम गरेपनि त्यहाँको विधान सभामा यस पटक आम आदमी पार्टीका ५ जना उम्मेद्वार विजयी भएका छन् । यस अगाडिको निर्वाचनमा हिमाञ्चल विधान सभामा बर्चश्व कायम गरी सरकार बनाएको भारतीय जनता पार्टी यस पटक पराजित भई त्यहाँको ४० सदस्यीय विधान सभामा भारतीय राष्ट्रिय कांग्रेसले बहुमत प्राप्त गरेर सरकार बनाउदै गर्दा सो विधान सभामा आम आदमी पार्टीका १ जना उम्मेद्वार विजयी भएका छन् ।
सुधारका कार्य गर्नुका साथै भ्रष्टाचारको विरोध गर्दै सार्वजनिक शिक्षा , स्वास्थ्य लगायत क्षेत्रलाई बलियो बनाउनु पर्नै
कुनै बेला भारतको राजनीतिको पहिलो शक्ति भारतीय राष्ट्रिय कांग्रेस र दोश्रो शक्ति वामपन्थी दल थिए तर समय बित्तै जादा बिगत लामो समय भारतको शासन सत्तामा रहेको भारतीय राष्ट्रिय कांग्रेस यतिबेला कमजोर प्रतिपक्षको रुपमा भारतको क्रियाशील छ भने वामपन्थी दलहरु धेरै कमजोर अवस्तामा पुगेका छन् । यतिबेला भारतको केन्द्रीय सरकार सहित केही प्रान्तमा भारतीय जनता पार्टीले प्रभुत्व कायम गरेको छ ।