भारतीय जनताको मन जित्दै आम आदमी पार्टी

काठमाडौं/ कांग्रेस आईका नेता मनमोहन सिंह नेतृत्वको सरकार रहेका बेला भ्रष्टाचार विरोधी अभियान्ता अन्ना हजारेको नेतृत्वमा भएको भ्रष्टाचार विरोधी अभियानसँगै जन्मेको आम आदमी पार्टी यतिबेला भारतीय जनताको मन जित्दै अगाडि बढेको देखिएको छ । विगत ७ वर्षदेखि दिल्ली विधान सभामा प्रभुत्व जमाएर सोही पार्टीका नेता अरबिन्द केजरीवालको नेतृत्वमा सो प्रान्तको सरकार चलाइरहेको उक्त पार्टीले गत हप्ता सम्पन्न ११७ सदस्यीय पञ्जावको विधान सभामा ९२ स्थानमा विजय हासिल गरी सरकार बनाउने तयारीमा लागेको छ । भागवन्त मनको नेतृत्वमा पञ्जावमा सरकार बन्न लागेको जनाइएको छ । उता गोवाको ४० सिट विधान सभामा ३९ सीटमा उम्मेद्वारी दिएको आम आदमी पार्टीले २ सीटमा जीत हात पारेको छ । राजधानी दिल्ली पछि आर्थिक रुपमा सवल राज्यको रुपमा रहेको पञ्जावमा सँगै गोवामा पनि आफ्नो उपस्थित जनाउनुले आम आदमी पार्टी भारतीय राजनीतिमा उदाउँदो शक्तिको रुपमा देखा परेको अनुभूति हुन थालेको देखिएको छ । भ्रष्टाचारको विरोध गर्दै विजुली, खानेपानी लगायतका नागरिकको जीवनलाई सहज बनाउने तथा सरकारी स्कूल, कलेज र अस्पताललाई व्यवस्थित ,भरपर्दो र गुणस्तरीय बनाउने नीति सो दलले लिएको बताइएको छ । पञ्जाव विधान सभामा आम आदमी पार्टीले दुई तिहाई सीट जित्ता सरकारको नेतृत्व गरेको कांग्रेस आई भने १८ सीटमा खुम्चिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भाजपाको वर्चस्व कायमै

गत हप्ता नै सम्पन्न उत्तर प्रदेश, उत्तराखण्ड , मणिपुर र गोवाको विधान सभा निर्वाचनमा भने भारतीय जनता पार्टीले आफ्नो प्रभुत्व कायमै गरेको छ ।

यता उत्तर प्रदेश, उत्तराखण्ड , मणिपुर र गोवामा कांग्रेस आईको उपस्थिति निराशाजनक देखिएको छ । त्यस्तै कुनै बेला उत्तर प्रदेशमा प्रभुत्व जमाएकी सो प्रदेश पूर्व मुख्यमन्त्री मायावतीको समाजवादी पार्टीले १ सीटमा चित्त बुझाउन बाध्य भएको छ ‌

Leave a Reply

Your email address will not be published. Required fields are marked *