काठमाडौं/ आईतबार संघीय संसदको दुबै सदनमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ प्रस्तुत गर्नु भएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेटप्रति मिश्रित प्रतिक्रियाहरु आईरहेका छन् । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकारको यो बजेटलाई उत्कृष्ठ बजेट बन्नु भएको छ । यता प्रमुख प्रतिपक्षी दलका नेताहरुले भने बजेट यथार्थपरक नभएको बताएका छन् । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले चुनावी सरकारको हैसियतको यो सरकारले आफ्नो सीमा बिर्सेर बजेट ल्याएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । यता सत्ता गठबन्धन दलका नेताहरुले भने यसप्रति सकारात्मक प्रतिक्रिया दिएको देखिएको छ ।
यो बजेट वक्तव्यमा सरकारी पदमा बसेका व्यक्तिहरुले हेटौडा कपाल उद्योगबाट उत्पादन भएको कपडा लगाउनै पर्ने व्यवस्थालाई भने धेरैतिरबाट सकारात्मक रुपमा लिएको देखिएको छ । बृद्ध भत्ता तथा असाह्य एकल महिला भत्ता र राष्ट्रसेवक कर्मचारीको तलव १५ प्रतिशत बढ्ने जस्ता विषय बजेटमा उल्लेख हुनुलाई सबैले सकारात्मक रुपमा लिएको देखिएको छ तर यसले महङ्गी नियन्त्रण र कृषकहरुले अभाव झेलिरहेको मल र वीऊ आदिको समस्या समाधान गर्ने सुनिश्चिता नगरेको भन्दै त्यसप्रति सर्वत्र असन्तुष्टि देखिएको छ ।
हरेक साल हात्तीको आकारमा बजेट आउने तर त्यसको कार्यान्वयन भने विरालोको आकारमा हुने गरेको भन्दै सरोकारवालाहरुले यो बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उद्देश्य अनुरुप त्यसको राम्रोसँग कार्यान्वयन हुनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।