नेपाल हस्तकला महासंघको आयोजनामा आउदो मंसिर २३ देखि २७ गतेसम्म ५ दिवसीय १९ हस्तकला व्यापार मेला तथा १७औं हस्तकला प्रतियोगिता हुने भएको छ । काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतमा हुने उक्त मेलामा हस्तकलाका विभिन्न सामाग्रीका १५० वटा जति स्टल रहने र त्यहाँ क्रेता विक्रेताको भेला हुने जस्ता कार्यहरु हुने सोही महासंघका निर्देशक ऋषिराज सुबेदीले अलगपथलाई बताउनुभयो ।


उक्त अवसरमा हस्तकला प्रतियोगिताका साथै हस्तकला सम्बन्धी विभिन्न विषयमा गोष्ठीको समेत आयोजना गर्ने कार्यक्रम रहेको निर्देशक सुबेदीको भनाई छ । उक्त अवसरमा सांस्कृतिक नृत्य तथा सांगीतिक कार्यक्रम पनि हुने बताइएको छ ।

