काठमाडौं/ नेपाल आयल निगम लि.ले गए राती १२ बजेदेखि पेट्रोल , डिजेल र मट्टितेलको मुल्य रु.१० घटाएको जनाएको छ । मुल्य घटेसँगै अब बजारमा पेट्रोलको मुल्य रु.१७० तथा डिजेल र मट्टितेलको मुल्य रु.१५३ कायम गरिएको छ । सरकारले पेट्रोलियम पदार्थ माथि लगाएको करको समायोजन प्रक्रिया अगाडि बढाएपछि पेट्रोल , डिजेल र मट्टितेलको मुल्य समायोजन गरेको नेपाल आयल निगम लि.स्रोतले जनाएको ।
यातायातका साधनको भाडा घटाउन माग
पेट्रोल, डिजेल र मट्टितेलको मुल्य रु.१० घटेपछि यातायातका साधनको भाडा घटाउनु पर्ने आवाज उठेको छ । स्वचालित प्रणाली अनुसार यस अगाडि बढाएको भाडा सोही बमोजिम घटाउनु पर्ने सरोकारवालाहरुको भनाई छ ।