काठमाडौं/ आज पुन: काठमाडौं , ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै १६ बुँदे आदेश जारी गरेका छन् । काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले उक्त आदेश जारी गर्ने निर्णय गरेको बताइएको छ । सो आदेशमा निजी सवारी (दुई पाङ्ग्रे सहित) र ट्याक्सी बाहेकका भाडाका सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाउने, २०७८ माघ मसान्तसम्म विद्यालय तथा कलेजमा भौतिक उपस्थिति मि पठन पाठन बन्द गर्ने , सभा, जुलुस, भेला, मेला, जात्रा , महोत्सव आदि सञ्चालन नगर्ने लगायत बुँदा रहेका छन् ।














