ललितपुरको ग्वार्को चोकमा निर्मार्ण भएको ग्वार्को फ्लाई ओभरबाट यातायात सञ्चालन शुरु भएको छ । आज अपरान्ह सिमसिमे झरीका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उपत्यका ट्राफिक प्रहरौ कार्यालयका प्रमुख तथा प्रहरी बरिष्ठ उपरिक्षक (SSP) नवराज अधिकारीले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । त्यसपछि सोही ओभरमा पाल टागेर बनाइएको मञ्चमा औपचारिक उद्घाटन कार्यक्रम आयोजना गरििएको थियो । दुई लेनको सो फ्लाई ओभरबाट कोटेश्वर- बालकुमारी-सातदोबाटो ओहोर दोहोर हुने यातायातका साधन चल्न शुरु भएको दृश्य हेर्न छाता ओडेर मानिसहरु उक्त फ्लाई ओभर वरपर बसेका थिए । बालकुमारी-कोटेश्वर पुलतर्फबाट उक्त फ्लाई ओभर शुरु हुने ठाउँमा बर्सादी ओडेर बसेका शसस्त्र प्रहरीले यो उद्घाटन कार्यक्रम सकिएपछि यहाँबाट सार्वजनिक यातायात सञ्चालन शुरु हुने अलगपथलाई बताएका थिए ।
यो फ्लाई ओभर नेपालमै पहिलो हो । फ्लाई ओभर सञ्चालनमा आएसँगै ग्वार्कोमा ट्राफिक जाम समस्या समाधान हुने र यो फ्लाई ओभरमुनिबाट इमाडोल- मंगलबजार ओहोर दोहोर गर्ने यातायातका साधन सजिलै चल्ने जानकारहरु बताउछन् । यसले काठमाडौं उपत्यका सहित शहरी क्षेत्रका ट्राफिक जाम हुने स्थानमा यस्तै फ्लाई ओभर बनाएर ट्राफिक जामको समस्या समाधान गर्नु पर्ने सरोकारवालाहरु बताउछन । केही वर्ष अघि काठमाडौंंको कलंकीमा अण्डर पास वे निर्माण भएको थियो ।
केपी शर्मा ओली प्रधानमन्त्री भएकै समयमा २०७८ फाल्गुण १२ गते रु.१७,०६,८८,८८८ मा आशिष- समान्तर रेलिगर जेभी व्यवसायी निर्माण कम्पनीलाई २०८० फाल्गुण ११ गतेसम्म निर्माण सम्पन्न गर्ने गरि ठेक्का लगाइएको थियो । उक्त कम्पनीले पटक पटक म्याद थप्तापनि थपिएको समयमा आयोजना सम्पन्न गर्न नसकेपछि रु.१ करोड ४७ लाख हर्जाना तिर्नु परेको थियो । यो आयोजना सम्पन्न हुदा ठेक्का लगाउदाको रकमभन्दा धेरै बढौ लागत बढ्दा निर्माण कम्पनीले धेरै नोक्सानी बेहोर्न बध्य भएको बताइएको छ ।

