चुनावले माला र खादाको बढ्यो खपत , झण्डा , व्यानर र व्याज बनाउनेलाई भ्याईनभ्याई

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै चुनावी गतिविधि ह्वात्तै बढेको छ । मतदाता समक्ष मत माग्न पुग्ने उम्मेद्वारलाई समर्थक र सुभेच्छुकहरुले फुलको माला र खादा लगाई दिने होड चल्दै गएकोले यतिबेला अरु बेलाको भन्दा बढी फुलको माला र खादाको खपत बढेको व्यापारीहरु बताउछन् । यसले फुल , माला र खादा विक्री गर्ने व्यवसायीहरुको व्यापार बृद्धि भएको छ ।

यता चुनावी गतिविधि बढेसँगै झण्डा , व्यानर व्याजको खपत बढ्दै गएपछि झण्डा , व्यानर र व्याज बनाउनेलाई भ्याईनभ्याई भएको देखिएको छ । चुनावी गतिविधिले झण्डा , व्यानर र व्याज सम्बन्धी व्यवसाय गर्ने व्यवसायीहरुले राहत महशुस गरेको देखिएको छ ।

Leave a Reply