नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाद्वारा रु.७६ करोड राजश्व छली गरेको खुलासा, गोल्छालाई कारबाही गर्न सांसद सुवालको माग

काठमाडौं/ निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रु ७६ करोड राजश्व छली गरेको खुलाशा भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले रोष्टम अगाडि गरेको नाराबाजीका बीच यही पुस ६ गते मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रु.७६ करोड राजश्व छली गरेको जानकारी प्राप्त भएकोले निजलाई कारवाही गर्न माग गर्नु भएसँगै सो खुलाशा भएको हो । त्यस अवसरमा सांसद सुवालले एमसीसी सम्झौता राष्ट्रघाती भएकोले त्यसलाई खारेज गर्न माग गर्नु भयो । उहाँले ‘एमसीसी सम्झौतामा उल्लेख भएको एमसीसीले नेपालमा निर्माण गर्ने परियोजनाको भारतले छनौट गर्ने भन्ने विषयले नेपाल सार्वभौम सम्पन्न देश नभई भारतको एउटा प्रदेश मात्रै हो भन्ने हुन्छ, त्यसैले एमसीसी सम्झौता राष्ट्रघाती भएकोले यसलाई खारेज गर्नुपर्छ’, भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *