हेटौंडा/ नेपाल घरेलु तथा साना उधोग महासंघ, बाग्मती प्रदेशको दोस्रो अधिवेशन यही मंसीर १ गते हेटौंडामा सम्पन्न भयो । सो अधिवेशनले उक्त संघको ३ वर्षे कार्यकिलका लागि ताराप्रसाद पौडेलको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
त्यस अधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नु भएको थियो । त्यस अधिवेशनमा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरी, नि:वर्तमान अध्यक्ष सुरेश प्रधान, केन्द्रीय सल्लाहकार समितिका सभापति तथा पूर्व अध्यक्ष बाशुदेव गिरी, बरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्षद्वय मुकेश उपाध्याय र शोभा गुरुङ्ग, प्रदेश अध्यक्ष सुर्यबहादुर कँडेल, केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष शिवा उपाध्याय, महासचिव डम्वरप्रसाद रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापति सहित त्यसै महासंघका केन्द्रीय कार्यसमिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी बागमती प्रदेश महिला उध्यमीहरुको दोश्रो सम्मेलनले सुलोचना श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वहम्मत चयन गरेको जानकारी प्राप्त भएको छ ।