नेपाल हस्तकला महासंघको अध्यक्षमा शाक्य निर्वाचित

काठमाडौं/ नेपाल हस्तकला महासंघको ४१औं साधारण सभा वरिष्ठ उपाध्यक्ष तथा प्रशिक्षक प्रचण्ड वाक्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै शनिबार सम्पन्न भएको छ । सो कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सनम शाक्य, व्यक्तिगत उपाध्यक्षमा नवीन शाक्य , उद्योग उपाध्यक्षमा दिव्यतारा तुलाधर, वाणिज्य उपाध्यक्षमा दिल्ली रत्न तुलाधर , जिल्ला उपाध्यक्षमा दीपेन्द्र शाक्य , बस्तुगत उपाध्यक्षमा अमृत खड्का र एसोशियट उपाध्यक्षमा किरन स्थापात चयन हुनु भएको छ । त्यसैगरी वाणिज्य तर्फको कार्य समितिमा राकेश बज्राचार्य , प्रताप शाक्य र मिलन वीर मालाकार , उद्योग तर्फको कार्य समितिमा रत्नमुनि ब्रम्हचार्य , अमुल्य देवी तुलाधर र विक्रम सिंह, एसोसियट तर्फको कार्य समितिमा दीपेन्द्र शाक्य, व्यक्तिगत कार्य समितिमा विकास शाक्य, मानिकमान शाक्य , सुजन शाक्य र उदिप शाक्य र बस्तुगत कार्य समितिमा रेखा अर्याल र कृष्ण प्रजापती तथा कार्य समितिमा पदम बराल र गनेश राजचल निर्वाचित हुनु भएको छ ।

उक्त महासंघको विधानमा व्यवस्था भएको २६ सदस्यीय कार्य समितिमा २ जना सदस्यको मनोनयन हुन बाँकी रहेको बताइएको छ ।

उक्त साधारण सभाबाट अध्यक्षमा चयन भएपछि नवनिर्वाचित अध्यक्ष शाक्यले आफू नेतृत्वको कार्य समितिले सम्पूर्ण हस्तकला व्यवसायीहरुको हित हुने गरी आफूले सधै कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोरोनाबाट प्रभावित हस्ताकलाका सामाग्रीको निर्यात प्रवर्द्धन गर्न र तीनै तहका सरकारसँग समन्वय गरी हस्तकला व्यवसायलाई प्रवर्द्धन गर्न र शैक्षिक पाठ्यक्रमा हस्तकला सम्बन्धी विषयबस्तु समावेश गराउन पहल गर्ने बताउनुभयो ।

यही शुक्रबार सो साधारण सभाको उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुषालले एक समारोहका वीच उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा उहाँले हस्तकला व्यवसायको विकास र प्रवर्द्धनमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै सिञ्चाईमा प्रयोग हुने विद्युतको महशुल नि:शुल्क गर्ने बताउनुभयो । उहाँले स्वदेशमा उपलबृध हुन सक्ने बस्तुको विदेशबाट आयात नगर्न आग्रह गर्नुभयो । नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ वाक्यको अध्यक्षतामा सो समारोह सम्पन्न भएको थियो । त्यस अवसरमा अध्यक्ष शाक्यले नेपाल हस्तकला महासंघको १३ सुत्रीय मागपत्र मन्त्री भुषाललाई बुझाउनु भएको थियो । मन्त्री भुषालले उक्त मागपत्रमा उल्लेखित माग पुरा गर्ने बताउनुभयो ।

नेपालमा १५ लाख भन्दा बढी व्यक्तिहरुको हस्तकला व्यवसायमा सम्लग्नता रहेको सरोकारवालाहरुको भनाई छ ।

Leave a Reply