बजारमा ग्याँस र खाने तेलको कालाबजारी बढ्यो

काठमाडौं/ ठूला व्यापारीहरुले खाना पकाउने ग्यास, खाने तेल लगायतका बस्तुको कृतिम अभाव सिर्जना गरेर कालो बजारी गरेको देखिएको छ । यतिबेला ग्यासँको अभाव भयो भन्दै ग्याँस विक्रेताहरुलाई ग्याँस उद्योगहरुले ग्याँस उपलब्ध नगर्दा विक्रेताहरुले ग्याँस विक्री गर्न नसक्ने अवस्था उत्पन्न भएको बताइएको छ । ‘ग्याँस उद्योगहरुले भारतबाट ग्याँस नआएकोले तपाईहरुलाई ग्याँस उपलब्ध गर्न नसकेको भन्छन्’, काठमाडौंको कोटेश्वर स्थित एक किराना पसल र ग्याँस विक्रेता भन्छन् । पहिले पसलमा आएको खाने तेल सकिन लागो । होलसेल पसलले खाने तेल आफूसँग छैन भन्छन्,, अब के बेच्ने भन्ने समस्या भा’छ’, उनको भनाई छ । उद्योगीहरु भने रुस-युक्रेन युद्धका कारण कच्चा पदार्थ अभावले खाने तेलको उत्पादन कमी भएको बताउछन् । बजारमा खाने तेल लगायतका बस्तुको मुल्य पनि बढेको छ ।

यता सरकारले जनजीवनलाई असहज हुन नदिने गरी कार्य गरिरहेको बताएको छ तर बजारमा उत्पन्न कृतिम अभाव र काला बजारी नियन्त्रण गरी सहज बनाउने गरी बजार सञ्चालन गर्ने गरी प्रभावकारी कार्य गरेको भने देखिएको छैन ।

Leave a Reply