काठमाडौं/ आफ्नो एकताको दोश्रो राष्ट्रिय सम्मेलनका कार्यक्रमहरु सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले बुधबार पिपुल्स फोर्स गठन गरेको छ । सोही पार्टीका अध्यक्ष ऋषि कट्टेल तथा केन्द्रीय सचिवालय सदस्यद्वय अर.बी. भण्डारी र कृष्णहरि भट्टको उपस्थितिमा दीपक थापाको संयोजकत्वमा काठमाडौंमा सो फोर्सको संयोजन समिति निर्माण गरेको हो । त्यस समितिमा नील गगन, नवराज थापा, निराजन रिमाल र प्रदीप आले मगर रहनु भएको छ ।
गत भदौ ३० गते शुरु भएको उक्त पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलन यही आउदो पुष १७-१९ गते जनकपुरमा सम्पन्न हुदैछ । बुधबार नै उक्त पार्टीको बागमती प्रदेश समितिको आयोजनामा सोही प्रदेश स्तरीय त्यस सम्मेलनमा प्रस्तुत भएका दस्तावेजहरु माथिको छलफल सम्पन्न गरेको जनाएको छ ।