बुद्ध एयरका संस्थापक अध्यक्षतथा पूर्व मन्त्री सुरेन्द्रबहादुर बस्नेतको निधन

बूद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष एवं पूर्व मन्त्री सुरेन्द्रबहादुर बस्नेतको आज बिहान ९५ बर्षको उमेरमा निधन भएको छ ।

भोजपुरको दिङ्लास्थित साल्मा जन्मिएका बस्नेतले ७० वर्षको उमेरमा बुद्ध एयरको सञ्चालन शुरु गर्नुभएको थियो । स्थापना भएको छोटो समय अवधीमा नै उल्लेख्य प्रगति गरेर नेपालको हवाई क्षेत्रमा प्रतिष्ठा आर्जन गरेको बुद्ध एयरको प्रबन्ध निर्देशकको जिम्मेवारीमा उहाँका जेठा छोरा वीरेन्द्र बस्नेत कार्यरय हुनुहुन्छ ।

भारतको बनारस हिन्दू विश्वविद्यालयबाट एमए र एलएलबी उत्तीर्ण गरेका बस्नेत निर्वाचन आयोग, नेपालका पहिलो प्रमुख निर्वाचन आयुक्त , नेपाल बार एसोशियसनको संस्थापक सदस्य , नेपाल प्रेस काउन्सिलका संस्थापक अध्यक्ष , सर्वोच्च अदालतको न्यायधीश तथा २०२४ सालमा कानुन , न्याय तथा शिक्षा मन्त्री र २०२५ सालमा अर्थ, उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री हुनुभएको थियो ।

दिवंगत बस्नेतका २ छोरा र १ छोरी हुनुहुन्छ ।

Leave a Reply