बैंकिङ क्षेत्रमा व्याजदर बृद्धिले यतिबेला सबैजसो क्षेत्र प्रभावित बनेका छन् । यो क्षेत्रमा बृद्धि भएको व्याजदरप्रति उद्योगी र व्यवसायीहरुले असन्तुष्टि ब्यक्त गरिरहेका छन् । यही कारण मोरङ व्यापार संघ , कपिलबस्तु उद्योग वाणिज्य संघ लगायतले तीब्र असन्तुष्टि जनाएका छन् । उनीहरु बैंकिङ क्षेत्रको व्याजदर बृद्धिले उद्योग तथा व्यवसाय क्षेत्र धह्रासाही बनेकोले बैंक तथा वित्तीय क्षेत्रको व्याजदर घटाउनु पर्ने माग गरिरहेका छन् ।
बैंकिङ क्षेत्रमा व्याजदर बृद्धि भएपछि त्यस अशर सहकारी क्षेत्रमा पनि परेको छ । त्यही कारण सहकारी क्षेत्रमा सन्दर्भ व्याजदर पुनरावलोकनको माग सघन रुपमा भइरहेको छ । राष्ट्रिय सहकारी महासंघ लि.,नेपाल सहितका सहकारी संघहरुले सहकारी विभागमा सहकारी सन्दर्भ व्याजदर पुनरावलोकन गर्नु पर्ने माग सहितको ज्ञापनपत्र बुझाएका छन् । सहकारी अभियान्ताहरु बैंकिङ क्षेत्रमा बढेको व्याजदरले सहकारी क्षेत्रमा अशर परेकोले राज्यका नियामक निकायले सहकारी सन्दर्भ व्याजदर पुनरावलोकन या अन्य भरपर्दो विकल्प खोजी नगरे त्यसले सहकारी क्षेत्रलाई थप समस्या बनाउने बताइरहेका छन् ।
यता बैंकिङ क्षेत्रमा व्याजदर बढेकै कारण नेप्सेमा त्यसको अशर परेको नेप्सेसँग सम्बद्ध मानिसहरुको भनाई छ तर बैंकिङ क्षेत्रका अधिकारीहरु भन