नेपाल बंगलादेश बैंक लि. नविल बैंक लि.मा गाभिदै

काठमाडौं/ नेपाल बंगलादेश बैंक लि.नविल बैंक लि.मा गाभिने भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ श्रेणीको इजाजत प्राप्त ती दुबै बैंकको एकीकृत कारोबार २०७९ असार २७ गते सोमबारबाट शुरु गर्ने गरी तयारी भइरहेको जनाइएका छ । नेपाल बंगलादेश बैंक लि.नविल बैंक लि.मा मर्जको लागि नेपाल राष्ट्र बैंकले यही असार १५ गते स्वीकृती प्रदान गरेको जानकारी प्राप्त भएको छ । नेपाल बंगलादेश बैंक लि.को सम्पूर्ण दायित्वको जिम्मेवारी बहन गर्न लागेको नविल बैंक लि.को ४२ कित्ता शेयर बराबर सोही बैंकमा गाभिन लागेको नेपाल बंगलादेश बैंक लि.को १०० कित्ता शेयर हुने सहमती भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *