ललितपुर/ काठमाडौं उपत्यका सहित देशका विभिन्न शहरमा सञ्चालन भइरहेको भटभटेनी सुपरमार्केटले ललितपुरको सिद्धिपुरमा आजदेखि आफ्नो सेवा आरम्भ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका-६, सिद्धिपुरमा सो सुपरमार्केटको सेवाको उद्घाटन भएसँगै त्यहाँ स्थानीयबासी लगायतको बाक्लो उपस्थिति रहेको बताइएको छ । उक्त सुपर मार्केट उद्घाटनको दिन विशेष छुटमा सामान खरीद गर्न पाइने आशमा त्यहाँ पुगेका कतिपय मानिसहरु भने सामान खरीदमा छुट सुविधा नपाएपछि आफू त्यत्तिकै फर्केको उनीहरुले बताएका छन् ।
आफ्नो सुपर मार्केटमा दुई तलाको अण्डरग्राउण्ड, बच्चाको खेलौना सहितको सुविधा रहेको भन्दै त्यस सुपर मार्केटले भने आजदेखि १० दिनसम्म सामान खरीदको विलमा १० प्रतिशत र रेष्टुरामा खानेकुराको विलमा २५ प्रतिशतसम्म छुट सुविधा रहेको जनाएको छ ।