राष्ट्रिय सभाको निर्वाचनमा एमालेका १ जना उम्मेद्वार मात्रै विजयी, बाँकीमा सत्ता गठबन्धनका उम्मेद्वारहरुको जीत

काठमाडौं / रिक्त रहेको १९ सीटका लागि आज भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा १ सिट बाहेक १८ सीटमा सत्ता गठबन्धन दलका उम्मेद्वारहरु विजयी हुनु भएको छ । १ नं. प्रदेशबाट जनजातीको सीटमा नेकपा (एमाले) का सोनाम गेल्जेन शेर्पाले ५ दलीय सत्ता गठबन्धनमा रहेको जसपाका उम्मेद्वार हेमराज राईलाई पराजित गरी विजयी हुनुभयो । १ नं. प्रदेशका तर्फबाट सत्ता गठबन्धनमा रहेको नेपाली काँग्रेसका उम्मेद्वार गोपाल बस्नेत र नेकपा (एमाले)का उम्मेद्वार गुरु बरालले बराबर मत प्राप्त गरेपनि गोलाप्रथाबाट नेपाली काँग्रेसका उम्मेद्वार बस्नेतले बाजी मार्नु भयो । बाँकी सबै सीटमा ५ दलीय गठबन्धनका उम्मेद्वारहरुको जीत भएको थियो ।

यता लुम्बिनी प्रदेशबाट दलित सीटमा राष्ट्रिय जनमोर्चाका उम्मेद्वार तुलप्रसाद विश्वकर्माले जितेसँगै २०५१ सालदेखि संसदीय चुनावमा भाग लिदै आएको राष्ट्रिय जनमोर्चाका प्रतिनिधि पहिलो पटक राष्ट्रिय सभामा प्रवेश गर्नु भएको हो ।

Leave a Reply