ललितपुरको जावलाखेल जुत्ता मेला : जुत्ता चप्पल किन्दा १० देखि ५० प्रतिशतसम्म छुट

ललितपुरको जावलाखेलमा चलिरहेको जत्ता चप्पल व्यापार मेलमा जुत्ता चप्पल खरिद गर्दा १० देखि ५० प्रतिशतसम्म छुट पाउने गरेक‍ो आय‍ोजकको भनाई छ । जावलाखेलबाट एकान्तकुनातर्फ जाने बाटोपट्टीको साइडमा गत जेठ ९ गतेदेखि शुरु भएको यो मेला यही असार मसान्तसम्म चल्ने जनाइएको छ । यस मेलामा स्वदेशमा उत्पादन भएका फुट स्टेप सुज,, बोस सुज, डिजे कलेक्सन, हिमाल रन सुज , सिल सुज र भेनस सुजका जुत्ता चप्पल सुलभ मुल्यमा विक्री भइरहेको छ । यस पटकको मेलामा पानीमा लगाउन मिल्ने आकर्षक र गुणस्तरीय चप्पल सस्तो मुल्यमा किन्न सकिने व्यवस्था गरिएको बताइएको छ । वर्षैपिच्छे जाडो र गर्मी याममा जावलाखेलमा जुत्ता चप्पल व्यापार मेला लााग्ने गरेको छ । यस्ता मेलामा अरु पसलको तुलनामा सस्तो दाममा जुत्ता चप्पल किन्न पाइने भएकोले ग्राहकको भिडभाड हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *