सहकारी अभियानद्वारा नवनियुक्त उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेललाई बधाई ज्ञापन

सहकारी अभियानले नवनियुक्त उप-प्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेललाई बधाई ज्ञापन गर्दै उहाँको कार्यकाल सफलताको कामना गरेको छ । यही सोमबार उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री बनेका पौडेललाई मंगलबार राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका अध्यक्ष मिनराज कँडेल नेतृत्वको सहकारी अभियानको टोलीले भेटेर बधाई ज्ञापन गरेको हो ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड,नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती , सञ्चालक तथा बागमती प्रदेश सभा सदस्य ज्ञानबहादुर तामाङ सोही तथा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँ ,नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल सम्मिलित सहकारी अभियानको सो टोलीले बिगत केही समय यता राष्ट्रिय अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सक्ने अर्थ मन्त्री मुलुकले पाएको भन्दै यसका लागि तपाईलाई सफलता मिरोस् भनी कामना गरेको थियो भने सोही अवसरमा उप-प्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गरी सहकारी क्षेत्रको विकास र बिस्तारका लागि आफूले बिगतमा भन्दा पनि बढी सक्दो प्रयास गर्न प्रतिबद्धता ब्यक्त गर्नु भएको सहकारी अभियानको उक्त टोलीका एक सहभागीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *