स्थिरीकरण कोषले ललितपुरको भोलागणेशमा रहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.लाई प्रशंसा- पत्र प्रदान गरेको छ । उक्त संस्थाले उक्त कोष खडा गर्न अमुल्य सहयोग गरेको भन्दै शुक्रबार सो प्रशंसा-पत्र प्रदान गरिएको जनाइएको छ ।
यता हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.ले मोवाइल बैंकिङ र एटीएम भिजा कार्ड सेवा सञ्चालनमा ल्याएको जनाएको छ । यी दुबै सेवाको यही पुस २ गते सोही संस्थाका संस्थापक शेयर सदस्य तथा ललितपुर क्षेत्र नं.२ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जन र हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सागरमान व्यञ्जनकारले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । त्यसै अवसरमा त्यस संस्थाका अध्यक्ष व्यञ्जनकारले ललितपुर क्षेत्र नं.२ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महर्जनलाई कार्यकाल सफलताको कामना सहित बधाई ज्ञापन गरी सम्मान गर्नुभएको थियो ।
स्थानीय समुदायमा आधारित त्यस संस्थामा शेयर सदस्य संख्या १,३००, शेयर पूँजी रु.१,७४,००,००० , निक्षेप संकलन रु.१०,५०,००,०००, कर्जा लगानी रु.११,५०,००,००० र कूल कारोवार रु.१५ करोड रहेको सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत अशोक घिमिरेले बताउनुभयो ।
प्रोवेशन कार्यक्रम
ललितपुरको भोलागणेशमा रहेको हिमनदी बचत तता ऋण हहकारी संस्था लि. सहित काठमाडौंको शंखमुलमा रहेको ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि., काभ्रेपलाञ्चोकको पनौतीमा रहेको नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि. ,भक्तपुरको बखाहाबजारमा रहेको विश्वास बचत तथा ऋण सहकारी संस्था लि., काठमाडौंको थानकोटमा रहेको थानकोट महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि., मकवानपुरको फाखेलमा रहेको सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि., ललितपुरको ठेचोमा रहेको ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि., काभ्रेपलाञ्चोकको पाँचखालमा रहेको आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुरको भाषासेवी माष्टर जगत सुन्दर बचत तथा ऋण सहकारी सहकारी संस्था लि. र काठमाडौंको स्वयम्भुमा रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्था लि.को प्रोवेशन कार्यक्रम अन्तर्गत आउदो माघको दोश्रो साता ललितपुरको सातदोबाटोस्थित सनराइज क्याफेमा संयुक्त कार्यशाला हुने कार्यक्रम रहेको बताइएको छ ।