१/२ दिन विद्युत आपूर्तिमा समस्या हुदैमा लोडसेडिङ हुदैन : घिसिङ

काठमाडौं/ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिभिन्न कारणले कहिलेकाही विद्युत आपूर्तिमा समस्या आउन पनि सक्छ तर १/२ दिन विजुली आपूर्तिमा समस्या हुदैमा लोडसेडिङ नहुने बताउनु भएको छ । विद्युतको अलस्थाको बारेमा पत्रकारहरुसँग कुरा गर्दै निर्देशक घिसिङले रुस र युक्रेन बीचको युद्धको कारण भारत तथा चीन जस्ता देशमा ठूला कम्पनीमा कोइला आपूर्ति लगायतका समस्याले सञ्चालनमा कठिनाई आएपनि हामी कहाँ विद्युत आपूर्तिले गर्दा त्यस्तो समस्या नभएको तर सुख्खा याममा भारतबाट आयात हुने विद्युतकै लागत महङ्गो पर्दा घाटाको अवस्था रहेपनि त्यो धेरै समय नरहने र वर्षातको समयमा भारतलाई ५०० मेघावाट विद्युत विक्री गर्ने योजना रहेको बताउनुभयो । उहाँले “हाम्रो विजुली विदेशमा विक्री गर्ने भन्दा स्वदेशमा नै बढी भन्दा बढी खपत गर्नुपर्छ भन्नुभयो ।

Leave a Reply