२०७८ कार्तिक ११ गते ललितपुरमा अष्ट्राजेनिका खोप लगाउने

ललितपुर / ललितपुर उद्योग वाणिज्य संघको सिफारिसमा ललितपुर महानगरपालिकाले गत भदौ ३ गते कोभिड-१९ बिरुद्धको अष्ट्राजेनिका खोपको पहिलो मात्रा लगाएका निजी क्षेत्रका उद्योगी , व्यापारी र व्यवसायीलाई २०७८ कार्तिक ११ गते सोही खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको ललितपुर उद्योग वाणिज्य संघले जनाएको छ । उक्त खोप ललितपुरको पाटन औद्योगिक क्षेत्र स्थित कल्याण तथा सुरक्षा समितिको परिसर र मंगलबजार स्थित आदर्श कन्या स्कूलको परिसरमा बिहान ११:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म लगाइने जनाइएको छ ।

Leave a Reply