यही मंसिर ४ गतेदेखि कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको लिग चरणका भरे अन्तिम ४ खेल हुदैछन् । नेपाली समय अनुसार आज साँझ पौने ९ बजे समूह ‘एच’ मा रहेका घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्तुगल बीच खेल हुनेछ । यो समूहको पोर्तुगल लिग चरणका दुबै खेलमा घाना र उरुग्वेलाई पराजित गरी नकाउट चरण प्रवेश गरी सकेको छ तर यो समूहबाट नकाउट चरणमा प्रवेश गर्ने विजेता र उप-विजेता टोलीको टुङ्गो भने आज साझ हुने खेलबाट लाग्ने छ ।
यस्तैगरी भरे मध्यरातको १२:४५ बजे समूह ‘जी’ मा रहेका सर्विया र स्वीट्जरल्याण्ड तथा ब्राजिल र क्यामरुन बीच खेल हुने छन् । यो समूहबाट पनि लिग चरणका दुबै खेलमा सर्वियि र स्वीट्जरल्याण्डलाई पराजित गरी ब्राजिल प्री क्वाटर फाइनल प्रवेश गरी सकेको छ तर यस समूहको समूह विजेता र समूह उप-विजेताको टुङ्गो नेपाली समय अनुसार भरे राती १२;४५ बजे हुने खेलबाट लाग्ने छ ।
यस अघि लिग चरणका खेलमा समूह ‘ ए’ बाट नेदरल्याण्ड विछेता र सेनेगल उप-विजेता , समूह ‘बी’ बाट इङ्ल्याण्ड विजेता र संयुक्त राज्य अमेरिका उप-विजेता, समूह ‘सी’बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उप-विजेता , समूह ‘डी’ बाट फ्रान्स विजेता र अष्ट्रेलिया उप-विजेता , समूह ‘ई’बाट जापान विजेता र स्पेन उप-विजेता तथा समूह ‘एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उप-विजेता बनी नकाउट चरण प्रवेश गरेका छन् ।