कतार विश्वकपमा फ्रान्स नकाउट चरणमा प्रवेश, अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटवलमा समुह ‘डी’ मा रहेको फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको छ । लिग चरणका २ खेलमा अष्ट्रेलिया र डेनमार्कलाई पराजीत गरी फ्रान्सले ६ अंक बटुलेको छ । शनिबार साझ समूह ‘डी’ मा रहेका फ्रान्स र डेनमार्क बीचको खेलमा फ्रान्सले डेनमार्कलाई २-१ गोल अन्तरले पराजीत ग-यो । खेलमा चम्किएका फरवाड केलियन एम्बापेले खेलको ६१औं र ८६ मिनेटमा फ्रान्सका लागि २ गोल गरेका थिए । खेलको ६८औं मिनेटमा डेनमार्कका आन्द्रेस क्रिसटेसनले फ्रान्स विरुद्ध गोल गरेका थिए । नकाउट चरणमा फ्रान्सको यात्रा विजेता हुने या होइन, त्यो भने यो समुहखो लिग चरणको अन्तिम खेलबाट तय हुने छ । फ्रान्ससँग पराजीत डेनमार्कको १ अंक छ । लिग चरणको पहिलो खेलमा उक्त समुहका डेनमार्क र टयुनिसियाले बराबर खेली अंक बाडेका थिए ।

शनिबार अपरान्ह सम्पन्न लिग चरणको समुह ‘डी’ का अष्ट्रेलिया र ट्युनिसिया बीच भएको अर्को खेलमा अष्ट्रेलियाले ट्युनिसिया माथि ०-१ गोल गरी अष्ट्रेलियाले ३ अंक हात पा-यो । निकै संघर्षपूर्ण खेलको २३औं मिनेटमा अष्ट्रेलियाका मेचिल ड्युकले टाउकोले गोल गरेका थिए । सो खेलमा विजयी अष्ट्रेलियाको ३ अंक र पराजित ट्युनिसियाको १ अंक छ । लिगको चरणको समुह ‘डी’को पहिलो खेलमा अष्ट्रेलिया फ्रान्सँग ६-१ गोल अन्तरले पराजित भएको थियो ।

अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

२२औं चरणको फिफा विश्वकप फुटबलको लिग चरणको समुह ‘सी’ को पहिलो खेलमा साउदी अरवियासँग २- १ गोल अन्तरले पराजीत भ एको अर्जेन्टिनाले गएको मध्यरातमा सम्पन्न दोश्रो खेलमा मेक्सिकोलाई २-० गोल अन्तरले पराजीत गरी सुखद नतिजा हात पारेको छ । खेलमा कप्तान लियोनल मेस्सी चम्किदा अर्जेन्टिनाले मेक्सिको माथि सहज जीत निकाल्न सक्यो । लुइस रंगशालामा भएको सो खेलको ८४औं मिनेटमा लियोनल मेस्सीले ६४औं मिनेटमा र फर्नाण्डेसले ८७औं मिनेटमा अर्जेन्टिनाको लागि आकर्षक गोल गोल गरेका थिए । यो जीतसँगै अर्जेन्टिनाले ३ अंक बटुलेको छ । यो समूहमा पोल्याण्ड ४ अंक बटुलेर पहिलो स्थानमा छ भने समान ३ अंक बटुलेको साउदी अरविया भन्दा गोल अन्तरले अगाडि रहेकाले दोश्रो स्थानमा रहेको छ त्यस खेलमा ३ अंक जोडेपनि गोल अन्तरका आधारमा अर्जेन्टिना भन्ला पछि रहेको साउदी अरेविया तेश्रो र १ अंक जोडेको मेक्सिको चौथो स्थानमा छ । लिग घरणको अन्तिम खेलबाट यो समुह चरणको विजेता र उप-विजेता बनी नकाउट चरण प्रवेश गर्ने टोली तय गर्ने छ । यो समुहमा रहेका पोल्याण्ड , अर्जेन्टिना , साउदी अरेविया र मेक्सिकोलाई नकाउट चरणमा प्रवेशका लागि लिग चरणको अन्तिम खेल जित्नै पर्ने बाध्यता छ ।

शनिबार साझ नै कतारको एजुकेशन रंगशालामा भएको लिग चरणको समुह ‘सी’ कै खेलमा पोल्याण्डले साउदी अरेवियालाई २-० गोल अन्तरले पराजीत गरी ३ अंक हात पारेको थियो । खेलको ३९औं मिनेटमा रोवार्टो लेवाण्डोस्कीको पासमा र ८२औं मिनेटमा रोवर्टो लेवाण्डस्कीले गोल गरेका थिए । पोल्याण्डका खेलाडीले डी एरियामा साउदी अरेवियाका खेलाडीलाई फउल गरेपछि खेलको ४४औं मिनेटमा साउदी अरेवियाले पाएको पेनाल्टीलाई पोल्याण्डका गोल रक्षकले बचाएका थिए । । लिग चरगको पहिलो खेलमा त्यस समुहका पोल्याण्ड र मेक्सिकोले बराबर खेली अंक बाडेका थिए ।

कतारको नकाउट चरण पुग्ने सम्भावन सकियो

२२औं संस्करणको फिफा विश्वकप फुटबल आयोजना गरेको कतार समुह चरणका दुबै खेल हारेकाले उसको नकाउट चरण पुग्ने सम्भावन सकिएको छ । समूह ‘ए’ मा रहेको कताले लिग चरणको पहिलो खेल इक्वेडरसँग २-० गोल अन्तरले र शुक्रबार सम्पन्न दोश्रो खेलमा सेनेगलसँग ३-१ गोल अन्तरले पराजीत भएपछि उसको नकाउट प्रवेश गर्ने सम्भावना सकिएको हो ।

शुक्रबार नै सम्पन्न त्यस समुहको नेदरल्याण्ड र इक्वेडर बीचको खेल १-१ अंकको बराबरीमा सकिएको थियो ।

उक्त समुहमा इक्वेडर र नेदरल्याण्ड्सको समान ४/ ४ अंक , , सेनेगलको ३ अंक र कतार ० अंक रहेको छ । त्यसै समुहको पहिलो लिगमा इक्वेडरले कतारलाई २-० गोल अन्तरले र नेदरल्याण्ड्सले सेनेगललाई २-० गोल अन्तरले नै पराजीत गरेको थियो ।

इंल्याण्ड समुह ‘ बी’ को शीर्ष स्थानमा

समुह ‘ बी’ मा रहेको इंल्याण्ड र संयुक्त राज्य अमेरिका बीच शुक्रबार सम्पन्न लिग चरणको दोश्रो खेल बराबरीमा सकियो , जसका कारण दुबै टिमले अंक बाड्न बाध्य भए । यो खेल पछि लिग चरणको समुह ‘बी’ कै पहिलो खेलमा इरानलाई पराजीत गरेको इंल्याण्डको ४ अंक छ भने यो सहित लिग चरणको वेल्ससँगको पहिलो खेल बराबरी खेलेको संयुक्त राज्य अमेरिकाको २ अंक छ ।

यस्ते शुक्रबार नै सम्पन्न भएको सोही समूहको लिग चरणको दोश्रो खेलमा इरानले वेल्सलाई २-० गोल आन्तरले पराजीत ग-यो । खेलको ८०औं मिनेटमा वेल्स गोल रक्षकले विपक्षी खेलाडीलाई फउड गरेपछि उनलाई रातो कार्ड दिइएको थियो । वेल्सका गोल रक्षक रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि इरानले वेल्सलाई २-० गोल अन्तरले पराजीत गरी ३ अंक हात पारेको छ । सोही लिगको पहिलो खेलमा इंल्याण्डसँग ६-२ गोल अन्तरबाट नमिठो हार बेहोरेको ३ अंक र इरानसँग पराजीत वेल्सले त्यसै लिगको पहिलो खेलमा संयुक्त राज्य अमेरिकासँग १-१ गोलको बराबरी खेली अंक बाडेकाले वेल्सको १ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *