२२औं संस्करणको कतार विश्वकप फुटबलमा अर्जेन्टिनाले खराब शुरुवात गरेको छ । आज सम्पन्न लिग चरण अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा अर्जेन्टिना साउदी अरबसँग २-१ गोल अन्तरले पराजीत भयो । यो विश्वकपको दावेदार मानिएको अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले खेलको १०औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेपनि त्यसपछि अर्जेन्टिनाले गोल गर्न सकेन । अर्जेन्टिनाले गरेका ३ गोल अफसाइड घोषणा गरेपछि तिनले गोलको मान्यता पाउन सकेनन् । खेलको पहिलो हापमा राम्रो खेलेको अर्जेन्टिनाले दोश्रो हापमा पहिलो हापको तुलना कमजोर खेल खेल्दा साउदी अरबबाट २ गोल खाएको थियो । खेलको पहिलो हापको १५ मिनेट भित्र अर्जेन्टिना सम्हालिन नसक्ता साउदी अरबबाट २ गोऋ खाएको थियो । खेलको ४८औ मिनेटमा सलेह अलसहरीले र ५३औं मिनेटमा सलेम अलडवसरीले १/१ गोल गरेका थिए । खेलको दोश्रो हापको शुरुको १५ मिनेट भित्र साउदी अरबबाट २ गोल खाएपछि दोश्रो हापको अन्तिम आधा घण्टामा अर्जेन्टिनाले आक्रामक खेल खेलेपनि अर्जेन्टिनाले साउदी अरबको रक्षा पङ्तीको घेरा तोड्न तोड्न नसक्दा अर्जेन्टिना स्तब्ध भएको थियो ।
उता गए राती भएको समूह ‘बी’ को दोश्रो खेलमा संयुक्त राज्य अमेरिका र वेल्सले बराबर खेलेर अंक बाडेका थिए ।