कतार विश्वकप फुठबलमा २ गोल गरी नेदरल्याण्डले सेनेगललाई हरायो

कतारको अल थुमा रंगशालामा केही बेर अगाडि सम्पन्न २२औं संस्करणको फिफा विश्वकप फुटबलको लिग चरणको समूह ‘ए’ को नेदरल्याण्ड्स र सेनेगल बीचको दोश्रो खेल ० का विरुद्ध २ गोल गरी नेदरल्याण्ड्सले सेनेगललाई हराएको छ । निकै प्रतिस्पर्धात्मक यो खेलको ८४ मिनेटसम्म दुबै टोलीले गोल गर्न सकेनन् । खेलको ८४औं मिनेटमा नेदरल्याण्ड्सका फ्रेन्की डे जोङको पासमा क्वोडी गाक्पोले र खेलको दोश्रो हापको इञ्जुरी समयको ९औ मिनेटमा डेभी क्लासेनले १/१ गोल गरी नेदरल्याण्ड्सलाई जिताएका थिए । यो खेलबाट नेदरल्याण्ड्सले ३ अंक प्राप्त गरेको छ । सन् २०१४ मा ब्राजिलमा सम्पन्न २०औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइन खेलको पेनाल्टी सुटाउटमा अर्जेन्टिनासँग पराजित भएको नेदरल्याण्ड्सले त्यसको ८ वर्ष पछि पुन: विश्वकप फुटबल खेलेको हो । यै खेलमा ।

त्यसै समूहको आईतबार साझ सम्पन्न कतार र इक्वेडर बीचको खेलमा इक्वेडरले कतारलाई ० का विरुद्ध २ गोल गरी हराएर ३ अंक प्राप्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *