२ वडाब्यापी कसिमला पाँय प्रतियोगिता सम्पन्न

भक्तपुर नगरपालिका-२, व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा परापुर्वकालदेखि भक्तपुरमा प्रख्यात र पुराना पुस्ताबीच खेलिने लोकप्रिय खेल कसिमला पाँयको २ वडाब्यापी प्रतियोगिता २०८१ असोज २७ गते बिहीबार घटस्थापनाको दिन सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद

प्रेम सुवालले ‘खेल अनुशासन र गतिशीलताको लागि खेलिन्छ । छिकोंङ खेलले मान्छेको मुटु र फोक्सोलाई स्वस्थ गर्छ । यो खेल स्वाशप्रश्वासको माध्यमबाट अभ्यास गरिन्छ’, भन्नुभयो । ‘प्यालेष्टिइनमा इजरायलले आक्रमण गरेपछि खाना, पानी र पकाउने ग्याँसको अभाव भयो । इजरायलले गाजाको अस्पताल बमले उडाइ दिएकोले स्वास्थ्य सुविधाबाट लाखौं प्यालिस्तीनी बञ्चित भएको हो । प्यालिस्तीनीको देश यहुदीहरुले कब्जा गरेको हो’, उहाँको भनाई थियो । उहाँले ‘इजरायलले प्यालेष्टिइन, इरान र लेवनानलगायत देशमा आक्रमण गरेकोले त्यसकोे प्रतिक्रिया स्वरुप इरानले पनि इजरायलमा क्षेप्यास्त्र आक्तमण गरेपछि तेश्रो विश्वयुद्धको सम्भावना छ’ भन्नुभयो । ‘एमसीसी राष्ट्रघाटी सन्धि हो । नेमकिपाले निरन्तर यसको विरोध गर्दा पनि शासक दलबाट संसदबाट त्यसलाई पारित गरियो । एमसीसी सम्झौता नेपालको कानुनभन्दा माथि हुन्छ । एमसीसीमा काम गर्ने कुनै नेपालीको मृत्यु भए नेपालको कानुन लाग्दैन भन्दै यसले नेपालमा अमेरिकी हस्तक्षेप बढछ र साम्राज्यबादी सेना आउँछ’, भन्दै उहाँले कसिमला पाँयमा विजयी खेलाडीहरुलाई बधाई दिनुभयो ।
ख्वप साकोस अतिरिक्त क्रियाकलाप उप-समितिका संयोजक हरिप्रसाद बासुकलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार लघु ,नेमकिपा २ वडाका इञ्चार्ज रत्नकाजी नायभारी, नेमकिपा ब्यासी ईकाई समितिका अध्यक्ष गणेशप्रसाद सुवाल र अतिरिक्त क्रियाकलाप उपसमितिका सदस्य अजेन्द्रकुमार लघु लगायतले समसामयिक राजनश्रति र कसिलामला पाँय खेलको महत्वमाथि प्रकाश पार्नुभयो ।

यस अघि सो प्रतियोगिताको उदघाटन नेमकिपा २ वडा ब्यासी ईकाई समिति इञ्चार्ज गणेशप्रसाद सुवालले कसिमला पाँयको खेल सामाग्री निर्णायक रोशनराज तुईतुईलाई हस्तान्तरण गरि गर्नुभएको थियो । उद्घाटन समारोहमा संस्थाका अध्यक्ष

राजकुमार लघु,निर्णायक रोशन राज तुइतुईले प्रतियोगिताको नियमबारे , अतिरिक्त क्रियाकलाप उप-समितिका सदस्यहरु विश्वराम सुवाल , साजन लघु लगाायत कसिमला पाँय खेलको महत्व र विकास तथा विस्तारबारे चर्चा गर्नुभयो ।

……………………………………………………………………………………………

……………………………………………………………………………………………

प्रतियोगितमा राजिमी लासिवा प्रथम रिजा सुलु (बासु मा.वि.) दोश्रो कृषल पक्का (शारदा मा.वि. ) कैलास सुवाल (ख्वप साकोस) संयुक्त रुपमा तेश्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा विभिन्न विद्यालय र २ वडाका दाजुभाइ दिदीबहिनीहरु तथा ख्वप साकोसका शेयर सदस्यहरु सहित ६३ जनाले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *