नेकपा नेता आर.बी. भण्डारीको ‘नखुलेको इतिहास र म’ लोकार्पण

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका नेता रामबहादुर भण्डारीद्वारा लिखित ‘नखुलेको इतिहास र म’ पुस्तक सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आज काठमाडौंमा सो पुस्तक लोकार्पण गर्नुभयो ।

श्रीमती सीता भण्डारीद्वारा उक्त पुस्तक प्रकाशन गरिएको हो । रु.२०० मुल्य रहेको सो पुस्तक १६४ पृष्ठको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सामिप्यमा रहेर काम गर्नु भएका उक्त पुस्तकका लेखक भण्डारी सो बेलादेखि हालसम्म नेपालको कम्युनिष्ट आन्दोलनमा निरन्तर क्रियाशील हुनुहुन्छ । भण्डारी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको भारतको राजधानी नयाँ दिल्लीस्थित गोविन्द बल्लव पन्त अस्पतालमा निधन भएपछि उहाँको अस्तु लिएर नेपाल आउने २ जनामध्येका एक हुनुहुन्थ्यो ‌‌।

Leave a Reply