काठमाडौं/ बरिष्ठ गायिका लता मंगेसकरले ९२ वर्षको उमेरमा फेब्रुअरी ६ तारेख आइतबार विहान ८:१२ बजे क्याण्डी अस्पताल मूम्बईमा अन्तिम पटक श्वास फेरेको समाचार सार्वजनिक भएसँगै उहाँले गाएका गीत संगीत सुनेका कलाकार तथा कलाप्रेमीहरु दु:खी भए र उनीहरुले उहाँप्रति शोक व्यक्त गरे । भारतीय सरकारले पनि उहाँको निधनमा शोक व्यक्त गरी दुई दिन सार्वजनिक बिदा थियो ।
बिगत केही समय यता मानिसहरुको भेटघाट र सम्पर्कबाट टाढा रहँदै आउनुभएकी लता बिगत २८ दिनयता निमोनिया जस्ता स्वास्थ्य समस्याबाट ग्रसित भई सोही अस्पतालमा उपचाररत हुनुभएको बताइएको छ । बीचमा स्वास्थ्यमा सुधार आएपछि उहाँलाई भेन्टिलेटरबाट झिकिएपनि शनिबार स्वास्थ्य समस्या जटिल भएपछि उहाँलाई पुन: भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
विशेषगरी धेरै हिन्दी गीत गाएकी लताले नेपाली गीत पनि गाउनुभएको थियो । सानैमा पिताको निधन भएकोले उहाँको जीवन संघर्षपूर्ण रहेको र संघर्षकै बीचबाट लोकप्रिय गायिकाको छवि बनाउनुभयो उहाँले । आफ्नो कर्मले गर्दा धेरै अवार्डबाट सम्मानित उहाँ कलाकार र कलाप्रेमीहरुको मानसपटलमा कहिल्यै नमेटिने गरी रहन सफल हुनुभएको छ ।