सुनिल थापा भौतिक रुपमा अस्ताए तर दर्शक/श्रोताको मन मस्तिस्कमा जीवित छन्

सँगै रहेका सहकर्मीलाई सुटिङमा जानु छ , विहान चाडै उठाई दिनु है भनेर २०८२ माघ २३ गते शुक्रबार राती चलचित्रको सुटिङ सकेर आफू बस्तै आएको काठमाडौंको शंखमुलस्थित अपार्टमेण्टमा सुतेका ख्याती प्राप्त बरिष्ठ कलाकार सुनिल थापाको भोलिपल्ट विहान उठेर सुटिङमा जाने चाहना सदाका लागि अधुरै रहेको समाचार सार्वजनिक भयो । २०८२ माघ २४ गते शनिबार विहान उज्यालो नहुदै उनलाई हुदयघात भएको थाहा पाएपछि उपचारका लागि साथीहरुले काठमाडौंको थापाथलीस्थित नर्भिक इण्टरनेशनल हस्पिटलमा पु-याएका थिए तर केही समयमा नै उनको मृत्यु भएको चिकित्सकले घोषणा गरे । यो समाचार सार्वजनिक भएपछि नेपाली कलाकारहरु लगायत उनले अविनय गरेका चलचित्र र सिरियल हेरेका दर्शकहरु स्तब्ध भए । नेपाली चलचित्र क्षेत्र मात्रै होइन आमिर खान, प्रियङ्का चोपडा लगायत बलिउडका दिग्गज कलाकारले पनि उनको निधनप्रति शोक प्रकट गरेका थिए ।

आज दिउँस‍ो विशेष सम्मान सहित उनको पार्थिव शरीर काठमाडौक‍ो पशुपति आर्यघाटमा अन्तृष्टि गरिय‍‍ो । उनकोपार्थिव शरीरमा नेपाल सरकारका संस्कृति, पर्यटनतथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय झण्डा ओडाएर सम्मान सम्मान गर्नुभएको थियो । त्यस अघि आजै दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर काठमाडौं चावहिलस्थित नेपाल चलचित्र विकास बोर्डमा राखिएको थियो । त्यहाँ नेपाली कलाकार लगायतले उनीप्रति श्रद्धा प्रकट गरेका थिए । उनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन पुगेका कलाकारहरु उनको पार्थिव शरीर देख्ता निकै भावुक भएका थिए ।

वि.सं.२०१४ साल जेठ १४ गते दाङमा जन्मिएका सुनिल थापाले बलिउड फिल्म इण्डष्ट्रीबाट आफ्नो अविनय यात्रा शुरु गरेको जानकारहरु बताउछन् । स्नातक तह उत्तीर्ण गरेका थापाले नेपाली चलचित्रमा भने “मसाल” चलचित्रबाट अविनय शुरु गरेका थिए । सुपरहिट भएको नेपाली चलचित्र “चिनो” मा ‘राते काइला’ नामक खलनायक पात्रको भूमिकामा उनले गरेको अविनयले नै उनलाई नेपाली चलचित्र क्षेत्रमा राम्रोसँग परिचय गरायो र त्यही नामबाट सधै चर्चित भए । केही हिन्दी चलचित्र सहित धेरै नेपाली चलचित्रमा अविनय गरेका बरिष्ठ् अभिनेता थापा त्यही नेपाली चलचित्र “चिनो” को ‘राते काइलो’ पात्रको नामबाट दर्शक /श्रोताको मन मस्तिस्कमा बास गरिरहेका छन् ।

उनले अविनय गरेका अधिकांश चलचित्रमा उनको खलनायकको भूमिका भएपनि उत्कृष्ट अविनयका कारण दर्शक/श्रोता माझ उनी लोकप्रिय रहे । श्रीमती ,१ छ‍ोरा र १ छ‍ोरीलाई छाडेर थापा ६८ वर्षको उमेरमा अस्ताए । उनको भौतिक शरीर नरहेपनि उनी दर्शक /श्र‍ोताको मन मस्तिस्कमा छाइरहेका छन् । उनको असामयिक निधनले नेपाली चलचित्र क्षेत्र शोकमग्न छ । उनको निधनबाट नेेपाली चलचित्र क्षेत्रमा यतिबेला सन्नाटा छाएको छ । उनको निधनबाट नेपाली चलचित्र क्षेत्रमा रिक्तता महशुस भएको उनका सहकर्मीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *