काठमाडौं/ आजबाट नेपाल सम्वत ११४२ आरम्भ भएको छ । भक्तपुरको थिमि निवासी शंखधर साख्वाले गरिवहरुको ऋण मोचन गरी दिएसँगै यो सम्वत शुरु भएको मानिन्छ । नेपालमा संघीय गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिएको छ भने त्यसका प्रवर्तक शंखधर साख्वालाई राज्यले राष्ट्रिय विभूति घोषणा गरेको छ । भक्तपुरको नयाँ थिमि चोकमा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक बनाइएको छ । स्थानीय बासीहरुले शंखधर साख्वाको शालिक रहेको नयाँ थिमि चोकलाई शंखधर चोक नामाकरण गरेका छन् ।
नेपाल सम्वतले राष्ट्रिय मान्यता पाएपनि विशेषगरी नेवारहरुले बाहेक अरुले यो व्यवहारमा आएको महसुस गर्न सकेका छैनन् । नेपाल सम्वतको नयाँ वर्षको अवसरमा नेवार समुदायले काठमाडौं उपत्यका सहित विभिन्न स्थानमा भिन्तुना -याली निकाल्दै आएका छन् र पनि सो -याली निकाल्ने तयारी भइरहेको छ । तर भिन्तुना -याली निकाल्नेहरु बीच पनि ‘जाति रहे भाषा रहन्छ’ भन्ने एउटा मत र ‘भाषा रहे जाति रहन्छ” भन्ने अर्को मत रहेको पाईन्छ ।
तत्कालीन राजा महेन्द्रले नेपालको तर्फबाट नेपाल भाषाको रञ्जना लिपिलाई संयुक्त राष्ट्र संघमा दर्ता गरेको जानकारहरुको भनाई छ ।
