तामाङ समुदायले मनाए सोनाम ल्होछार, सरकारले ल्होछार लगायतका पर्वहरुको सार्वजनिक बिदा बार्षिक क्यालेण्डरमा नै उल्लेख गर्नु पर्ने

काठमाडौं/ विशेषत: तामाङ समुदायले एक अर्कामा शुभकामना आदान प्रदान गरी बुधबार २८५८औं ल्होछार मनाएका छन् । उनीहरुले आफ्नो नयाँ वर्षको रुपमा यसलाई बिगतदेखि नै उत्साहपूर्वक मनाउदै आएका छन् । नेपाल सरकारले बुधबार ल्होछारको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको थियो ।

यता ल्होछार लगायतका विभिन्न जाति तथा जनजातीहरुका पर्वहरुमा तत्काल निर्णय गरेर सरकारले सार्वजनिक बिदा दिने गरेकोप्रति असन्तुटिका आवाज उठिरहेको देखिएको छ । यस्ता पर्वहरुमा सरकारले तत्काल निर्णय गरेर सार्वजनिक बिदा दिनुको साटो सरकारले राज्यको वार्षिक क्यालेण्डरमा नै यस्ता पर्वहरुको सार्वजनिक बिदा उल्लेख हुनु पर्नेमा अभियान्ताहरुले जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *