काठमाडौं/ सूर्यको उपासना गरी मनाइने छठ पर्वको मिथिला सहित २ नम्बर प्रदेशमा छुट्टै रौनक छाएको छ । नदी , पोखरी र तलाउ झकिझकाउ पारिएको छ । २ नं. प्रदेशमा मात्रै नभई तराईका नदी तथा तलाउमा बिहानैदेखि ब्रतालुहरु पुजा गरिरहेका छन् । जसले गर्दा त्यहाँ पुजा गर्न आउनेको भिड देखिएको छ ।
यता काठमाडौं उपत्यकाका बागमती सहितका खोला र पोखरीमा छठको पुजा गर्ने क्रम चलिरहेको छ । आज अस्ताउदो सूर्यलाई अर्घ दिएफछि भक्तजनहरु रातभर जिल्लामा बस्ने र भोलि विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समाप्त हुने चलन छ ।
छठ पर्वसँगै बढ्यो तराई/मधेशका बजारहरुमा आर्थिक गतिविधि
छठ पर्व शुरु भएसँगै बीरगञ्ज, जनकपुर लगायतका तराई/मधेशका बजारहरुमा आर्थिक गतिविधि बढेको छ । यसले कोरोना महामारीका कारण खस्केको तराई/मधेशको आर्थिक गतिविधि चलायमान हुने धेरैमा आशा जगाएको देखिएको छ ।
………………………………………………………………..
२०७८ सालको बडादशैं, तिहार, छठ तथा नेपाल सम्बत ११४२ को नव वर्षको पावन अवसरमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
कपिल के.सी. , अध्यक्ष
तथा
आधारशिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार