असोज १० गतेदेखि काठमाडौं महानगरका विद्यालय पनि सञ्चालन हुने

काठमाडौं/ काठमाडौं महानगर भित्रका विद्यालय पनि २०७८ असोज १० गतेदेखि औपचारिक रुपमा सञ्चालन हुन पाउने भएका छन् । यही असोज २० गते बसेको काठमाडौं महानगरपालिका नगर शिक्षा समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गरेर असोज १० गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको जनाइएको छ तर कोभिड-१९ संक्रमण जोखिम हटिनसकेको भन्दै अझै कतिफय विद्यालयले भौतिक उपस्थितिमा पठन पाठन गर्न आँट गर्न सकेको देखिएको छैन ।

काठमाडौं र ललितपुर महानगरका कतिपय विद्यालयहरुले यस अगाडिदेखि नै पठन पाठन शुरु गरी सकेका छन् भने ललितपुर महानगरमा आंशिक रुपमा विद्यालय खुलेका छन् । काठमाडौंका गोकर्णेश्वर , तारेकेश्वर लगायतका नगपालिका तथा भक्तपुरको सूर्यविनायक नगरपालिका लगायतका अधिकांश विद्यालय खुलेका छन् । काठमाडौं उपत्यका बाहिर पनि विद्यालय खुल्ने क्रम जारी छ । त्रिभुवन विश्वविद्यालय तथा सीटीईभीटीई अन्तर्गतका कलेजहरु यस अगाडि खुलेका छन् ।

कोभिड-१९ को महामारीका कारण शहरमा रहेका कैयौं अभिभावकले आफ्नो पेशा , व्यवसाय/ जागीर छाढ्न बाध्य भएका थिए ।

Leave a Reply