बैशाख २२ गतेदेखि त्रि.वि.का क्याम्पसहरु २३ दिन बिदा हुने

काठमाडौं/ त्रिभुवन विश्वविद्यालयका क्याम्पस/ विभाग/स्कूल आगामी बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म बिदा हुने भएका छन् । बुधबार बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले २३ दिन चालु शैक्षिक सत्रको बर्षे दिने निर्णय गरेको जनाइएको छ । यो अवधिमा नियमित परीक्षा भने यथावत सञ्चालन हुनेछ भने सत्रान्त (semister end) बिदा दिने क्याम्पसहरुको हकमा भने सम्बन्धित अध्ययन संस्थानको निर्णय अनुसार हुने बताइएको छ ।

स्कूल र कलेजमा पनि दुई दिन सार्वजनिक बिदा हुने

आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार हप्ताको दुई दिन स्कूल र कलेजहरुमा पनि सार्वजनिक बिदा हुने जनाइएको छ । विज्ञहरुको सल्लाहमा परीक्षणको रुपमा पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले हप्ताको दुई दिन उक्त सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।

……………………………………………………………………..

Leave a Reply